बाग्मती प्रदेशका एफएम रेडियो तथा टेलिभिजन नवीकरण शुल्क मिनाहा, करमा पचास प्रतिशत छुट

प्रकाशित मिति: मंगलबार, पौष २७, २०७८,

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई नवीकरण शुल्क पूरै मिनाहा गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले एफएम रेडियो तथा टेलिभिजको नवीकरण शुल्क पूरै मिनाहा गर्ने निर्णय गरेको हो ।

यस्तै दुई प्रतिशत कर लिँदै आएकोमा पचास प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था समेत मन्त्रिपरिषदले गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल बताउनुभयो । त्यस्तो कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । f