श्रीगणेशाय नमः आज मोक्षदा एकादशी व्रत

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको ३ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको मोक्षदा एकादशी तिथि राति ४।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र राति २।६ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५० मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् । आज मोक्षदा एकादशी व्रत परेको छ । आज उपवास बसी विष्णु भगवानको पूजा आराधना गर्नाले मोक्ष प्राप्त हुने शास्त्रीय फल बताइएको छ । मार्गशीर्ष शुक्ल पक्षको एकादशीलाई मोक्षदा भनिन्छ ।उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्  harekpal bata