नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखाको सभापतिमा गंगलाल पौडेल

प्रकाशित मिति:

२८ पुस,कञ्चन-नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखाको सातौं साधरण सभा तथा तेश्रो अधिबेशन मंगलवार सम्पन्न भएको छ। अधिबेशनले गंगलाल पौडेलको सभापतित्वमा ११ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ। अधिबेशनबाट उपसभापतिमा हिमा बेलबासे,सचिबमा तुल बहादुर थापा र कोषाध्यक्षमा शसिधर सापकोटालाई निर्वाचित गरेको छ। यसैगरी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका उप कोषाध्यक्ष तथा कञ्चन उपशाखाको निर्वाचनका लागि निर्वाचन अधिकृत मोहमद शईद शेखको निर्वाचन मण्डलले उप सचिबमा राम बहादुर थापा, उप कोषाध्यक्षमा जगिलाल थापा, सदस्यहरुमा उमा गौतम ढकाल, खैसरा राना, दुर्गासिंह क्षेत्री, यम बहादुर थापा, प्रकाश खनाललाई निर्वाचित गरेको छ।अधिबेशनलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं। ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र बहादुर लामिछानेले बिपद परेपछि राहत संकलन गर्न होइन राहत उपलब्ध गराउन सक्ने क्षमता भएको कञ्चन उपशाखा बनाउन कञ्चन गाउपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भएको छ। जहाँ बिपद त्यहाँ रेडक्रस भन्ने भनाईलाई सार्थक बनाउन नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले राम्रो काम गर्दै आईरहेको समेत बताउनु भयो।

यसैगरी विशिष्ट अतिथि तथा कञ्चन गाउपालिका वडा नं।४ का बडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखाले युवाहरुलाई रेडक्रसको सात सिद्धान्त अनुरुप मानबिय सेवा लाग्न उत्प्तरणा दिनु पर्ने र सामाजिक सेवामा लगाउनु पर्नेमा जोड दिनु भयो।यस्तै नेकपा एकीकृत समाजबादीका अर्जुन ढकालले नेपाल रेडक्रस जस्तो पक्षपात बिना मानबिय सेवामा समर्पित हुने स्वतन्त्र र निष्पक्ष संस्था आवस्यक रहेको बताउनु भयो।रुद्रपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नाम बहादुर के।सी।ले समाजमा एकता,मानबिय सेवामा प्रतिबद्ध र निष्पक्ष रुपमा कार्य गर्ने संस्था भएकै कारण विश्वमा रेडक्रसको फरक पहिचान भएको बताउनु भयो।कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले नेपाल रेडक्रस सोसाईटीले स्वास्थ्य क्षेत्रमा पनि प्राथमिक उपचार, रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएकोले ती कार्यक्रमहरुमा कञ्चनन गाउपालिकाको स्वास्थ्य शाखाले पनि सहकार्य गर्ने समेत बताउनु भयो।

एक सय भन्दा बढी आजीवन सदस्य रहेको नेपाल रेडक्रस सोसाईटी,कञ्चन उपशाखाले आ।ब। २०७७र७८ मा कञ्चन गाउपालिका र प्रदेश तथा संसदिय क्षेत्र बिकासको बजेट र स्थानिय श्रोत साधन जुटाएर एक सभाहल सहित ४ कोठे रेडक्रस भवन समेत निर्माण गरेको छ।उपशाखाका कार्यबाहक अध्यक्ष गंगलाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपशाखाका सचिब तुल बहादुर थापाले उपशाखाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शसिधर सापकोटाले स्वागत गर्नु भएको थियो ।कञ्चन ३ हरैयामा भएको उपशाखाको अधिबेशनमा उपशाखा सदस्य उमा गौतम ढकालले रेडक्रसको सात सिद्धान्त पाठ गर्नु भएको थियो भने उप सचिब जगिलाल थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।