सरकारले माग पुरा नगरे सत्याग्रह गर्ने गोविन्द केसीको चेतावनी

प्रकाशित मिति:

काठमाडौ ।  शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले र सरकारले माग पुरा नगरेको भन्दै यही पुष १७ गतेदेखि सत्याग्रह सहितको अनसन शुरु गर्ने चेतावनी दिनु भएको छ । डा केसीले हीजो  विज्ञप्ति जारी गर्दै हीजो वाट आमरण अनसन शुरु गर्ने जनाए पनि केही दिनलाई पछि धकेलेको उल्लेख गर्नु भएको छ ।

उहाँले विज्ञप्तिमा सरकारले अहिलेकै गतिमा विश्वसनीयता गुमाउने र राज्यले निरन्तर भ्रष्टाचार र दण्डहीनताको पक्ष लिने हो भने त्यस्तो राजनीतिक नेतृत्वविरुद्ध संघर्ष गर्नेसमेत उद्घोष गर्नु भएको छ । सरकारले हालै स्वास्थ्य मन्त्रालयको सचिवमा कानुन बमोजिम चिकित्सकहरुमध्येबाट नियुक्त गर्नुपर्नेमा गैर–चिकित्सकलाई नियुक्ति गरेकोमा उहाँले आपत्ति जनाउनु भएको छ । गलत कदमले लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई झनै अस्तव्यस्त बनाउने भएकाले सच्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।