खेम सेन्चुरीको संगीतमा पूर्णकला बिसीले गायिन यस्तो बिछोडको गित {भिडियो }

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल -पछिल्लो समयमा नेपाली लोक दोहोरि क्षेत्रमा एउटा नाम निकै लोकप्रिय छ त्यो हो गायक श्रजक एबम मोडल खेम सेन्चुरी। अहिले लोक दोहोरी क्षेत्रमा उनको डिमाण्ड उच्च छ। खेमले गाएका संगीत गरेका शब्द रचना गरेका या आफै अभिनय गरेका गीतहरु निकै चर्चित भैरहेका हुनाले पनि यतिबेला खेमको माग उच्च छ।

यसैक्रममा लोकप्रिय श्रजक राजकुमार बगरको शब्द खेम सेञ्चुरिको संगीतमा लोकप्रिय लोक दोहोरी गायिका पूर्णकला बि सी र गायक खेमन बिक को आवाजमा किन रुन्छ मन गीत बजारमा आएको छ । गीतलाई एरेन्ज यमन खनालले गरेका हुन्। गितको भिडियो धेरै वर्ष अघि मलेशियामा निर्माण गरेपनि अहिले आएर नया शैलीमा निर्माण गरिएको गायक खेमन बिक बताए।

गीतको भिडियोमा गीतका गायक खेमन बिक ,मनिषा सुनार गिरिप्रसाद सुनार ,दिपेन्द्र पाण्डे ,लगायतका कलाकारहरुको अभिनय रहेको छ। भिडियोको छायांकन सम्पादन र निर्देशन निर्देशक दीपक परियारले गरेका हुन्। सोहि भिडियोमा अभिनय गर्ने मध्यका एक कलाकार मिलन राना छायांकन पछि बिधुतिय दुर्घटनामा परि ज्यान गुमाएका थिए। गीतलाई ओमी म्युजिक एन ईन्टरटेनमेन्ट को युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो। गीतको सफलताको शुभकामना

भिडियो हेर्नुहोस