लुम्बिनी प्रदेशमा विश्व विद्यालय बनाउने प्रदेश सरकारको पहिलो सपना पुरा गर्न मुख्यमन्त्री केसीको निर्देशन

प्रकाशित मिति:

लुम्बिनी पुष २९ बुटवल- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्पथाना गर्दै अनुसन्धात्मक शिक्षा प्रदान गरी लुम्बिनी र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेश सरकारको पहिलो सपना भएको बताउनुभयो । साथै उहाँले अबको यसै चौमासिममा कार्य थालना गर्नका लागि शिक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।यस्तो विचार मुख्यमन्त्र केसीले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको समन्वयात्मक बैठकमा बताउनुभएको हो । प्रदेश सरकारकाले प्रदेश स्तरको विश्व विद्यालय बनाउँदै लुम्बिनी प्रदेशको सपनालाई साकार बनाउनको लागि नै कार्यन्वययणमा जानु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले अनुसन्धात्मक विषयमा अध्यापन गराउँदै लुम्बिनीको ब्राण्ड कायम गर्नुप पर्ने छिटो भन्दा छिटो देखिने गरी परिणाम दिनका लागि निर्देशन दिनुभएको छ । उहाँले प्रदेशमा विश्व विद्यालय सञ्चालनका लागि भुगोल, वातावरण, जमिनको उपलब्धता लगायतको हिसावले दाङको बंगालचुली गाउँपालिकामा निर्माण गर्न सकिने धारणा बताउनुभयो । उहाँले एउटा स्थानमामा मुख्य कार्यालय राखेर प्रदेश भरी विभिन्न जिल्लामा विभन्न संकाय राख्नका लागि अगाडि बढाउनको सकिने बताउनुभयो । अगाडि बढाउनको लागि विषयमा छलपलल भएको बताउँदै लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्थापनाका लागि प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी विश्व विद्यालयको छलफलमा ग्रामीण, सहरी, पर्यटन मन्त्री डिल्ली चौधरी, मन्त्री शिक्षा मन्त्री वसीउसीदिन खाँ, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, भौतिक मन्त्री सहषराम यादव, प्रमुख सचिव डिल्लीराम शर्मा लगायत विभिन्न मन्त्रालयको सचिवहरुको सहभागीता रहको थियो ।गोष्ठी एवं समन्वयात्मक बैठकमा काठमाण्डु विश्व विद्यालयका पी.ए.डी. प्रोफेसर लक्ष्मण ज्ञावलीले नेपालका विश्व विद्यालयमा अनुसन्धानमुलक शिक्षा प्रदान गर्नका लागि नै आवश्यक रहेको बताउनुभयो । नेपालका विश्व विद्यालयले प्रमाण पत्र दिनका लागि पहिलो प्राथमिकताका साथ अगाडि बढेकोले नेपालका विश्व विद्यालयकालाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदानका लागि बहस गर्नु पर्ने बेला बताउनुभयो । विश्व विद्यालय सञ्चालनमा सरकारले जनशक्ति, विद्यार्थीको उपलब्धता, श्रोतको बारेमा अध्ययन गर्दै विश्व विद्यालयले दक्ष जनशक्तिको उत्पादन गर्ने शिक्षा प्रदान गर्नु पर्ने बताउनुभो । विश्व विद्यालयले अनुन्धानमुलक क्षेत्रमा आफूले रोजगारका पाउनका लागि होइन, अन्यलाई रोजगार प्रदानका लागि नै अगाडि बढ्नु पर्दछ ।

प्रस्तुतिकरणको सन्दर्भमा विश्व विद्यालयको लुम्बिनी विश्व विद्यालय सञ्चालनका लागि अध्यक्ष सरकारले सहजीकरण गरेपनि आफ्नो क्षेत्रबाट नै छनौट हुने व्यवस्था, विश्व विद्यालयको प्रमुख हुने र विश्व विद्यालयको अर्थ, शिक्षा र अनुसन्धानक्षेत्रका ३ जना सहायक सह प्रमुख बताउनुपर्ने बताउनुभयो । बजेटको अभावतालाई सरकारे ४० प्रतिशत राख्ने, अनुसन्धान्तमक कार्यकालागि ३० प्रतिशत, विभिन्न सहयोगदाताबाट निर्माण गर्नु पर्ने ३० प्रतिशत लगानी गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । लुम्बनी विश्व विद्यालयको विद्युत इन्जीनिययर, नदी विज्ञान, कृषि विज्ञान, योगा विज्ञान, मानव तथा समाज सास्त्र, बजार अध्ययन लगायतको क्षेत्रमा विषयहरु राख्नु पर्ने बताउनुभो । यसै वर्ष प्रदेश सरकारले बजेट विनियोजित गरेको छ । यसर्थ यसै वर्ष बजेटबाट कार्यन्वय हुने गरी काम गरेमा लुम्बिनी प्रदेश सरकारको एउटा नयाँ आयमिक कार्यमा नयाँ आयाम थपिनेछ ।