वालवालिकाहरुलाई न्यानो कपडा वितरण

प्रकाशित मिति:

बुुटवल । लायन्स क्लव अफ लुम्विनीले वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुटवल उपमहानगरपालिका १७ मोतिपुर स्थित मोतिपुर माविमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । कक्षा शिसुदेखि कक्षा ४ सम्मका १ सय ७ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनु भयो ।

लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको १४३ औ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्ीक एडभाईजर उमंग देवकोटा, क्लव प्रथम उपाध्यक्ष मनोज राना, कार्यक्रम संयोजक राजु गौडेल, विद्यालयका प्रधानाध्यापक लक्ष्मण मरासिनी लगायतले मन्तव्य व्यक्त गर्नुभयो । सचिव तुल्सीराम न्यौपानेको संचालनमा भएको कार्यक्रममा अध्यक्ष थापाले चिसो मौसममा वालवालिकालाई न्यानो कपडा वितरण गर्न पाउदं खुसी लागेको बताउनु भयो । न्यानो कपडा वितरण कार्यक्रममा क्लवका पदाधीकारी तथा सदस्यहरु, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।