हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ (भिडिओ)

प्रकाशित मिति:

हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वरमा ुकर्कलो कोक्याउलाु सार्वजनिक भएको छ। गीतमा हरिवंशकै शब्द र संगीतमा तयार भएको हो।राजधानीमा बिहिबार औपचारिक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरियो। गीतको भिडिओ मानव सुवेदीले निर्देशन गरेका हुन्।

हरिवंशका साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको भिडिओ गीति नाटक शैलीमा निर्माण गरिएको छ। भिडिओमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ।काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन्। किरण तुलाधरको संगीत स‌ंयोजनमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्।गीतको भिडिओ गज्जब टिभीमार्फत् युट्युबमा सार्वजनिक भएको हो।