राष्ट्रपति कार्यालयअगाडि गाँजाखेती गरेपछि…

प्रकाशित मिति:

सरकारले देशका कुनै पनि भागमा गाँजाखेती गर्न प्रतिबन्ध लगाएको अवस्थामा दूरदराजमा राज्यलाई छलेर त्यस्तो खेती हुने गरेका छन् । तर राष्ट्र प्रमुख कै सम्मुखमा प्रतिबन्ध लगाएको गतिविधि गर्न कमैले हिम्मत गर्छन् ।

गलत काममा यस्तै हिम्मत जुटाउँदा दक्षिण अफ्रिकाका एक व्यक्ति र उनका सहयोगी प्रहरीको निशानामा परेका छन् ।दक्षिण अफ्रिकाको प्रिटोरियास्थित राष्ट्रपति कार्यालय नजिकै बारीमा गाँजाखेती गर्दा किङ खोइसान नामका व्यक्ति प्रहरी खोरमा पुगेका हुन् ।गाँजाखेती स्थल प्रवेश गरेको प्रहरीले सुरुमा उनलाई सँगै जान भनेका थिए । तर उनले आनाकानी गरे । त्यसपछि प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरेको थियो । जस क्रममा उनले गाँजाको बुट्यानको साहरा लिए । गाँजाको बोट उखेलियो तर उनी दपेनन् । प्रहरीले सडकमा पुर्याएर घिसार्दासमेत उनले गाँजाको बोट समातिराखे ।

उनलाई घिसार्दै गरिएको तस्बिर अहिले चर्चामा छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका राष्ट्रपति कार्यालयअगाडि आदिवासी खोइसान समुदायले सामूहिक ढंगले यस्तो खेती गरेका थिए । उनीहरू तीन वर्षदेखि त्यहाँ शिविर खोलेर बसेको बताइन्छ । खोइसान त्यही समूहका नाइके हुन् । खोइसान दक्षिण अफ्रिकाको आदिवासी समुदाय हो ।दक्षिण अफ्रिकाका सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार, गाँजाखेतीमा संलग्नको आरोपमा उनका केही सहकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।