मेलाका प्रचार बोर्ड आयोजकले हटाए

प्रकाशित मिति:

बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको प्रचारका लागि विभिन्न ठाउंमा राखिएको बोर्ड तथा ब्यानरहरु आयोजकले हटाएका छन् । मेला सकिए लगत्तै बुटवलका सार्वजनिक स्थलहरुमा राखिएका बोर्ड तथा ब्यानरहरु मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरे लगायतका पदाधिकारी र सदस्यहरुले हटाएका हुन् ।

नगरलाई स्वच्छ र सफा राख्न संघले मेला सकिएपछि आफै हटाउने भनेर गरेको प्रतिवद्धता अनुसार सबै ब्यानर र बोर्ड हटाइएको र यसले नयां सन्देश दिएको अध्यक्ष गैरेले बताए । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नारासहित संघको आयोजनामा पुस ८ गतेदेखि २० गतेसम्म बुटवलको देवीनगरमा मेला सञ्चालन भएको थियो । उक्त मेला भब्यरुपमा सफल भएको आयोजकले बताएका छन् ।