प्रधानमन्त्री कप क्रिकेट : प्रतिशको विष्फोटक ब्याटिङमा बागमतीको रोमाञ्चक जित

प्रकाशित मिति:

३० पुस, काठमाडौं । प्रतिश जिसीले इनिङ्सको अन्त्यतिर विष्फोटक ब्याटिङ गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश २ माथि रोमाञ्चक जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रतिशले ७ बलमै २२ रन बनाएपछि बागमतीले प्रदेश २ लाई २ विकेटले पराजित गरेको हो । समूह बी मा दोस्रो जितपछि बागमतीले सेमिफाइनल पुग्ने सम्भावनासमेत कायम राखेको छ । ३ खेलबाट बागमती ४ अंक जोड्दै दोस्रो स्थानमा छ । ४ वटै खेल खेलिसकेको प्रदेश २ भने २ अंक मात्र जोड्दै बाहिरिएको छ ।

प्रतिश र नन्दन यादवले १५ बलमै अविजित ३३ रनको साझेदारी गरेपछि १५६ रनको लक्ष्य बागमतीले १९।४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । प्रतिशले ७ बल खेल्दै ३ छक्का प्रहार गरेर २२ रन जोडे । १ विकेट समेत लिएका उनी म्यान अफ दि म्याच घोषित भए । यस्तै नन्दनले १० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजति १५ रन जोडे ।१८औं ओभरको पहिलो बलमा लक्की कठायत आउट भएपछि क्रिजमा पुगेका प्रतिशले त्यस ओभरमा विवेक यादवलाई २ छक्का प्रहार गर्दै १४ रन जोडे । १८औं ओभरमा बागमतीले कुल १६ रन जोडेको थियो । १९औं ओभरमा नन्दनले यावले १ छक्का प्रहार गर्दा बागतीले ८ रन जोड्यो र अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक भयो ।प्रतिशले २०औं ओभरको पहिलो बलमै विवेकलाई छक्का प्रहार गर्दै जित सहज बनाए । त्यसपछि बागमतीले लगातार तीन सिंगल रन जोड्दै जित हासिल गर्‍यो ।

त्यसअघि इशान पाण्डेले ३२, लक्की कठायतले २८ तथा विकेटकिपर सुबास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्ले समान २० रन योगदान गरेका थिए ।बलिङमा प्रदेश २ का लागि जितेन्द्र यावदले २ तथा पार्थिक यादव, हरि शंकर शाह र विवेक यादवले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ओपनर हरि शंकर शाहको अविजित अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । हरि शंकरले ५४ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ५६ रन बनाए । यस्तै विवेक यादवले १७ बलमा २८ रन जोडे ।बलिङमा बागमतीका रिजन ढकाल र विपिन आचार्यले २(२ तथा प्रतिश र सुबास खत्रीले समान १ विकेट लिए ।