नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको पद हस्तानान्तरण

प्रकाशित मिति:

बुटवल ,३० पुष । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रुपन्देहीको पद हस्तानान्तरण गरिएको छ । जिल्लाको ८ औं अधिवेशनबाट नव निर्वाचित समितिलाई आज तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी पद हस्तानान्तरण गर्दै सपथ ग्रहण गरिएको हो । नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले कार्यक्रममा बोल्दै संगठनलाई बलियो र गतिशिल बनाउँदै सिविएको निर्वाचनमा बिजयी बन्नु पर्ने बताए । उनले लोकतान्त्रीक संगठनले जित मात्र पेशागत हक हित स्थापित गर्न सकिने बताए ।

नवनिर्वाचित नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेयले निजामती सेवा ऐन बन्न नसक्दा प्रत्यक्ष रुपमा कर्मचारी मारमा परेको गुनाशो पोखे ।उनले गठबन्धनको सरकारले कर्मचारी ऐन ल्याएर पेशागत हक हितको स्थापना गर्दै जनताको सेवा सुविधामा केन्द्रीत बन्नु पर्ने बताए । नेपाली कांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डेय ,युनियनका जिल्ला उपाध्यक्ष टेकराज पन्थी , प्रमुख निर्वाचन अधिकृत तुल्सीराम ढकाल, संदिप बस्याल , सचिब हुमलाल भुसाल लगायतले कार्यक्रममा बोलेका थिए । कांग्रेस निकट युनियनको आठौं अधिवेशनबाट चक्रपाणी पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको खुल्ला उपाध्यक्षमा टेकराज पन्थी, महिला उपाध्यक्षमा अनिता विक थारु र समावेशी उपाध्यक्षमा अब्दुल मजिद खाँ निर्वाचित भएका हुन । त्यस्तै युनियनको सचिवमा हुमलाल भुसाल, सह÷सचिवमा पदमराज आचार्य र कोषाध्यक्षमा मशहुर आलम खान निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा मुक्तिप्रसाद भट्टराई, रविनकुमार जिसी, चिरञ्जीवि घिमिरे, विकास गौतम, दुर्गाप्रसाद अधिकारी, विन्देश्वरी गुप्ता, सपना पौडेल, रेखाकुमारी पौडेल, हुमराज पौडेल र विरेन्द्रकुमार कोहार निर्वाचित भएका छन् । युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहनकुमार नेपाल, शंकर पुरी, हरीप्रसाद ज्ञवाली, नविन पन्थी र धिरेन्द्रराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन ।