काठको आपूर्ति सहज गर्न आवश्यक पहल हुदैछ : यादव

प्रकाशित मिति:

काठमाडौँ . वन तथा वातवरण मन्त्रि राम साहय यादवले जाडोको बेलामा पहाडी तथा तराई भेगका जनतालाइ दैनिक प्रयोगका लागि लाग्ने काठको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा मन्त्री यादवले आवश्यक काठ अभाव नहुनेगरी आपूर्तिको पहल हुने बताएका छन् ।

विशेष गरि घर बनाउन काठको सहजै रुपमा नियोचित ढंगले आपूर्ति, जाडोमा आगो ताप्न लकड़ीको कसरि सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा शाहले छलफल गरेका थिए ।छलफलमा शाहले हरियो बन नेपालको धन भन्ने उखानलाइ साचिकै कसरि प्रमाणित गर्न सकिन्छ भन्ने कुरामा योजना बनाएर अघि वड्न पर्ने जोड दिएका थिए । उनले बनमा वनको जग्गालाइ वनले रुख विरुवा लगाएर जोगाउन पहल गर्न समेत आग्रह गरेको स्रोतले जानकारी दिएको छ । यसअघि सांसद शाहले प्रधानमन्त्री सेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।