पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए

प्रकाशित मिति:

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो। ९३ वर्षीय गिरी कलेजोको समस्याबाट पीडित थिए। मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनी केही दिन अघि मात्र ‘डिस्चार्ज’ भएर घर गएका थिए। ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन थालेपछि उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेर समेत काम गरेका थिए। उनले नेपाली कांग्रेसबाट राजनीति सुरु गरे पनि राजा महेन्द्रले २०१७ पुष १ गते जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथी कु गर्दै पञ्चायती शासन थालेपछि उनले राजालाई साथ दिएका थिए। पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री रहेका गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए।