पूर्व व्हाइट हाउसका सल्लाहकारले २ लाख १८ हजार डलर बिद्यालय घोटाला काण्ड गरेकोमा दोषी ठहर

प्रकाशित मिति:

पूर्व व्हाइट हाउसका सल्लाहकारले २ लाख १८ हजार डलर बिद्यालय घोटाला गरेकोमा दोषी ठहर गरिएको छ । साथै उनले काण्ड गरेकोमा स्वीकार गरेका छन् । अमेरिकाको नेसनल चार्टर स्कूल नेटवर्क संजालका संस्थापक जसले एक पटक राष्ट्रपति बराक ओबामाको नेतृत्वमा व्हाइट हाउस सल्लाहकारको रूपमा सेवा गरेका थिए ।

४२ बर्षिय डेमोक्रेसी प्रेपका संस्थापक सेथ एन्ड्रयू म्यानह्याटनको संघीय अदालतमा बिधुतिय कारोवार तार धोखाधडीमा उनले २०१९ मा चार्टर स्कूल नेटवर्क नामक सँस्थाबाट अनुमति बिना अन्य बैंक खाताहरूमा पैसा सारेका थिए । न्यायाधीश जोन पी। क्रोननलाई मैले गरेको कामको लागि म साँच्चै माफी चाहन्छु ,एन्ड्रयूले भने । “मैले जे गरेँ त्यो गलत थियो र म आफ्नो कार्यमा अत्यन्तै पछुताएको छु।” उनले अगाडी भने । र, आज म तपाईंहरूको सामु उभिएको छु, यसले विद्यालय, पूर्व विद्यार्थी र मेरो आफ्नै परिवारमा परेको प्रभावको लागि मलाई ठूलो पश्चाताप छ,” उनले थपे।

२००५ मा एन्ड्र्यू डेमोक्रेसी प्रेपको संस्थापक थिए । यो न्यूयोर्क शहरमा सुरु गरिएको थियो । अदालतको कागजका अनुसार अधिकारीहरूले भने कि एन्ड्र्यूले २ लाख १८ हजार चोरेका थिए । एन्ड्रयूले शुक्रबार स्वीकार गरे कि उनले विद्यालयहरूबाट लिएको पैसा आफूले नियन्त्रण गर्ने नागरिक संस्थाबाट आएको जस्तो देखाउन खोजे किनभने उनले बिद्यालय संजाल स्कूल नेटवर्क खाताहरूबाट आफ्नो व्यक्तिगत खातामा र पछि २०१९ मा मार्चदेखि अक्टोबर सम्म गैर(मुनाफा संस्थाको खातामा पैसा सारेका थिए । एन्ड्रयूले चार्टर स्कूल नेटवर्क नामक संस्थालाई २ लाख १८ हजार डलर दिने भएका छन् । उनलाई सजाय आगामी अप्रिल १४ मा तय गरिएको छ । एन्ड्रयुलाई २० बर्ष सम्म कैद हुने सम्भावना रहेको छ भनि एबिसीन्युजले समाचार लेखेको छ । यद्यपि अभियोजकहरू र बचाव पक्षका वकिलहरूले उनलाई २१ देखि २७ महिनासम्मको कारागार सजाय उपयुक्त हुनेछ भनि दुई पक्ष बीच सम्झौता समेत भएको एबिसीन्युजले जनाएको छ ।