नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय वैठक सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय बैठक कालीगण्डकी गांउपालीका वडा नं ४ विर्घामा सम्पन्न भएको छ । क्षेत्रीय सभापती दिलिपप्रताप खांणको सभापतित्व मा भएको वैठकमा संविधान सभा सदस्य तथा माननीय सांसद मोहन प्रसाद पाण्डेय , नेपाली कांग्रेसको तर्फवाट गण्डकी प्रदेशका सचेतक रहनु भएका प्रदेश सांसद माननीय भागवत प्रकाश मल्ल , जिल्ला कार्यसमितिका पदाधिकारी एबम सदस्य , महाधिवेशन प्रतिनिधिहरु –

क्षेत्रीय समितिका पदाधिकारी एबम सदस्यहरु , प्रदेश क्षेत्र समितिका पदाधिकारी एबम सदस्यहरु,गाउँपालिका सभापती,पदाधिकारी,सदस्यहरु,वडा अध्यक्षहरु, सबै वडाका वडा सभापति एबम प्रतिनिधिहरु , स्थानिय भात्री संगठन का अध्यक्ष एबम प्रतिनिधिहरुको सहभागीता रहेको थियो । वैठकमा नेपाली काग्रेसलाई मजबुद वनाउन कसरी सकिन्छ भन्ने विषयमा गहन छलफल भएको क्षेत्रीय सचीव यादव प्रसाद पाण्डेय सुन्दर ले जानकारी दीनु भएको छ ।