रोहिणीमा २४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

प्रकाशित मिति:

भैरहवा । रोहिणी गाउपालिकाले २४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । आइतबार एक कार्यक्रममा रोहिणीको धकधइमा गाउपालिकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो । दिवसको मुख्य नारा “भुकम्पीय सचेतना, सुरक्षित संरचना” अन्तरगत गाउपालिकाको नारा “भुकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पुर्वाधार” तोकिएको छ । भुकम्पले नेपालमा ठूलो धनजनको क्षती गरेकोले अबको दिनमा भुकम्प सम्बन्धी सचेतना फैलाउनु पर्ने र पुर्वाधारहरु निर्माण गर्दा भुकम्प प्रतिरोधी बनाउनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

रोहिणी गाउपालिकाका इन्जिनियर विशाल क्षेत्रीले घर बनाउदा जगै देखि बलियो बनाउनु पर्ने बताए । यसको साथै घर एवम अन्य पुर्वाधार निर्माण गर्दा गाउपालिकाले निर्दिष्ट गरेको मापदण्डहरु अपनाउन आग्रह गरे । यसका साथै भुकम्पीय अभ्यासको, पुर्व तयारी लगायतका बिषयमा क्षेत्रीले जानकारी दिएका थिए । यस्तै रोहिणी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको बताए । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको न्यौपानेले जनाए । उनले भुकम्पले नेपालमा पारेको असर बारे जानकारी गराउदै यसबाट जोगिन आगामी दिनमा भुकम्पीय सचेतना मुख्य आधार भएको बताए । यसको साथै गाउपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड लागु गरि अनिवार्य नक्सा पास गर्ने नीति लिएकोले यसलाइ पालन गरे भुकम्पीय जोखिमबाट धेरै हदसम्म जोगिन सक्ने बताए ।

दिवसको अवसरमा गाउपालिकाले रोहिणीको केन्द्र धकधइमा विभिन्न सचेतनामुलक ब्यनर सहित ¥याली निकालेको थियो । “सिकौ अनि सिकाउ भुकम्प प्रतिरोधी संरचनाको ज्ञान”,“भुकम्पबाट सुरक्षित पुर्वाधार, दिगो सुख र समृद्धिको आधार” लगायतका प्लेकार्ड बोकि गाउपालिकाका कर्मचारी एवम जनप्रतिनिधिले बजार परिक्रमा गरेका थिए । कार्यक्रमा बोल्दै रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिवनभरको कमाइमा घर बनाउदा प्राविधिकले दिएको सुझाव अनुसार बनाउन आग्रह गरे । उनले ग्रामीण क्षेत्रमा अभैm पनि मापदण्ड बमोजिम घर बनाए धेरै लगानी लाग्ने भ्रम रहेको बताउदै यसलाई चिर्न गाउँपालिकाका कर्मचारी देखी जनप्रतिनिधिहरुले सचेतनामूलक कार्यमा भूमिका खेल्नु पर्ने औल्याए । रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष शिवकान्ती चमार, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, शाखा अधिकृत कर्ण कुमार क्षेत्री, शिक्षा शाखा प्रमुख मधु घिमिरे लगायतको उपस्थिति थियो । कार्यक्रमको सन्चालान पालिकाका योजना शाका प्रमुख राजकुमार मिश्रले गरेका थिए ।