काठमाडौं, माघ ३ – प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको छ। सोमबार प्रदेश सभाका बहुमत सांसदहरुले जनकपुरलाई प्रदेशको स्थायी राजधानी बनाउने पक्षमा मतदान गरेका हुन्।
प्रदेश सभामा उपस्थित ९९ सांसदमध्य ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएको हो। मतदानपछि सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे। दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।