कति पुरानो हो स्वस्थानी कथा ?

प्रकाशित मिति:

३ माघ, काठमाडौं । सोमबारदेखि शुरु भएको स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन रु भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।२०७६ माघ २८ गते प्रतिनिधिसभामा बोल्दै सत्तारुढ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजबुत पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी थिइन् । धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको उनको अभिव्यक्तिले उनलाई विवादमा तान्यो ।

त्यसो त जब माघ महिना शुरु हुन्छ, स्वस्थानी व्रत कथामाथि यावत टीकाटिप्पणी आउने गर्छन् । व्रतमाथि अनेक बहस पनि हुने गर्छन् । तर यसको कथाको प्रसंग र कुन अवस्थामा यसको शुरुआत भएको थियो त ?अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले चार वर्षअघि नेपालमा स्वस्थानी व्रतसँग सम्बन्धित एउटा पुस्तक तयार पारिन् । दुई दशकको अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा मिथकलाई विश्लेषण गरिएको छ । मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो स् शान्त, भद्र र नरम, अनि सधैं उनीहरूका पतिका साथमा रहने, जस्तो, पार्वती । अनि दोस्रो स् अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रामक र लडाकु स्वभावकी, जस्तो, दुर्गा वा काली । तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भइकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

 

कति पुरानो हो स्वस्थानी कथा ?

 

स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरुबीच एक मत छैन । तर यो एउटा सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । शुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको पाइन्छ । तर यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।नेवारी समाजमा र यसबाहिर छुट्टाछुट्टै पाण्डुलिपिहरु भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्को पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक आलेखमा उल्लेख छ । पछि तयार पारिएका पाण्डुलिपिमा मात्रै शिव पार्वतीको चर्चा थपिएको कुरामा दुई दशकसम्म स्वस्थानीको अध्ययन गरेकी जेसिका भेन्टिन पनि सहमत छिन् ।

दुई वर्षअघि अनलाइनखबरसँगको अन्तर्वार्ताको क्रममा भेन्टिनले भनेकी थिइन्, ‘मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारें र तीमध्ये १२५ को जाँच गरें । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढें ।’ १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् ।बस्नेतको अनुसन्धानमूलक आलेख अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ ९वि।सं। १६२९० को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ । नेपाली भाषामा भने पहिलो पटक वि।सं। १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ ।यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा शुरु भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन ।