बडहराको आयोजनामा आजदेखी श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञ बडहरामा सुरु,

प्रकाशित मिति:

महायज्ञ ब्यवस्थापन समिति सरावल ५ बडहराको आयोजनामा आजदेखी श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञ बडहरामा सुरु भएको छ । महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष तिलकरानी चौधरीको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी पश्चिमका जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा महायज्ञ सुरु भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले हिन्दु धर्मको रक्षाको निम्ति महायज्ञ ठुलो भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको बताउदै नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलो भुमिका खेल्ने र समाजमा धार्मिक महत्व कायम रहने बताउनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सरावल वडा नम्बर ५ का वडाध्यक्ष दिनेश सहानी, वडा नम्बर ६ का वडाध्यक्ष कैलाश यादव, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य कृष्ण जिवत तिवारी, बासमति हरिजन, नेकपा एमले सरावल गाउ कमिटि अध्यक्ष शुरेष यादव, सुखारी प्रसाद चौधरी लागएतले मन्तब्य राख्नुभएको थियो भने विभिन्न धार्मिक ब्यक्तित्वहरु, बुधिजिवीस् समाजसेवी लगाएत दानदाताहरुको उपस्थिती रहेको थियो ।

९ दिन सम्म चल्ने यस महायज्ञमा प्रमुख बाचकको रुपमा सम्पुर्णानन्द पाण्डेय रहनुएको छ । समितिका विरेन्द्र यादवको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन गोपिचन्द हरिजनले गर्नुभएको थियो ।