लिपुलेक र एमसिसिबारे कांग्रेस नेता रज्जाकले मुख खोले

प्रकाशित मिति:

सुरेश परियार,माघ ३ गते- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले नेपाली भुमि लिपुलेक प्रकरण र एमसिसिको विषयमा आफनो धारणा बाहिर ल्याएका छन् । कांग्रेस रुपन्देही क्षेत्र न.१को नियमित पहिलो बैठकमा बोल्दै भारतीय सरकारले नेपाली भुमि लिपुलेक क्षेत्रमा गरेको सडक निर्माण आपत्तिजनक छ,अविलम्ब रोक्नुपर्छ भन्ने दवाब पार्टि भित्र आफुले गरेकाले कांग्रेसले आधिकारिक धारणा बाहिर ल्याएको दावि गरेका छन् ।

रज्जाकले भने,कांग्रेसको धारणा स्पष्ट छ–सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक,लिम्पियाधुरा र कालापानीमा आफ्नो भोगाधिकार स्थापित गर्न पहल कदमी लिनुपर्छ । यस्तै उनले अहिले चर्चामा रहेको एमसिसिको विषयमा समेत आफनो मुख खोलेका छन् । एमसिसि अहिलेको सरकारले पास गर्यो भने आगामी तिनै तहको चुनाबमा ठुलो मुल्य चुकाउन कांग्रेस बाध्य हुने बताएका छन् । एमसिसि जतिनै देशका लागी हितकार भएपनि जनतामा भ्रम फैलिएको तर्क गर्दै रज्जाकले भ्रमलाई चिर्न सत्ता तथा विपक्षदल संग बृहत छलफल आवश्यक रहेको कुरा औँल्याए ।

कांग्रेस पार्टि राष्ट्रियता बोकेर अघि बढ्ने पार्टि भएको दावि गर्दै नेता रज्जाकले चुनावका लागी तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । उनले मतदाता नामावली संकलन गराउने,अद्यावधि गराउने,टोल विकास गठन गर्ने,पालिका,जिल्ला,र प्रदेशलाई नियमित बैठक गर्न आग्रह समेत उनले गरे । साथै कोरोना संक्रमण दिनप्रतिदिन बढि रहेकोले आवश्यक सर्तकता अपनाउन सबैलाई सचेत गराए । बैठक कांग्रेस क्षेत्र न.१ क्षेत्रिय सभापति हिरा के.सीको अध्यक्षता,कांग्रेस कन्द्रिय सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यता,रुपन्देही जिल्ला सचिब हरि काफ्ले,जिल्ला सहसचिब बासुदेव रिमाल,क्षेत्रिय उपसभापतिहरु नविराज अर्याल,मदन प्रसाद पोख्रेल,महासमिति सदस्यहरु पmणिन्द्र प्रसाद शर्मा,गंगा शाही,पुर्व सभापति विश्वनाथ यादव लगायतको आतिथ्यता रहेको थियो । बैठक सञ्चालन कांग्रेस रुपन्देही क्षेत्र न.१का सचिब विजय गुरुङले गरेका थिए ।