प्रधानमन्त्रीकप कप टी-२० क्रिकेटका दुबै सेमिफाइनल आज

प्रकाशित मिति:

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश भिडन्त आज हुँदै छ। समुह चरणमा विजेता र उपविजेता बन्दै अन्तिम चारमा पुगेका चार टीम बिच आज टियू मैदान कीर्तिपुरमा प्रतिस्पर्धा हुने छ।

कीर्तिपुरमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्दा दिनको अर्को खेलमा एपिएफ र आर्मीबिच भिडन्त हुने छ।पुलिस समूह ुएु को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो भने बागमती समूह ुबीु को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो। पुलिस समूहचरणमा अपराजित रहेकाले आत्माविश्वासका साथ मैदानमा हुने छ। बागमतीलाई भने आफ्नो फर्मको चिन्ता कायमै छ। बागमतीले चार मध्ये तीन खेलमा जित हात पारेको थियो।

मंगलबारनै हुने दोस्रो सेमिफाइनलमा उपाधि दाबेदार एपीएफले त्रिभुवन आर्मीको सामना गर्दै छ। एपीएफ समूह -बीु को विजेताका रुपमा अन्तिम चारमा पुग्दा आर्मीले भने समुह ुएु को उपविजेता बनेर सेमिफाइनल पुगेको थियो। प्रतियोगितामा एपिएफ पनि अपराजित टीमका रुपमा रहँदा आर्मीले भने चार मध्ये दुई खेलमा जित एक खेलमा हार र अर्को एक खेलमा अंक बाँडेको थियो।