तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत काभ्रेको पनौती जाँदै

प्रकाशित मिति:

माघ ४ । बिगत १३ महिना देखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत सफल प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलको काभ्रे जिल्ला स्थित पनौती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भै जाने पक्का भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले छोटो समयमै तिलोत्तमा नगरपालिकामा रहदा नगरको विकास र सेवा प्रवाहको क्षेत्रमा सक्रिय भएर कार्य गर्नुभएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

नगर प्रमुख घिमिरेले सरुवा भै जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभएको थियो । नगरपालिकाबाट हुने समग्र कामहरुको व्यवस्थापनमा जनप्रतिनिधिहरु टोल बिकास तथा समग्र कर्मचारी लगायत सरोकारवालाहरुसंग पौडेलले समन्वयकारी भूमिका निर्वाह गरेका कारण नगरका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुगेको नगरप्रमुख घिमिरेको भनाइ छ। सोमबार तिलोत्तमा नगरपालिकामा भएको फेरी भेटौला कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई सम्मान गर्दै स–धन्यबाद सहित बिदाई गर्नुभएको थियो ।

कर्मचारीको दौरानमा जहा सुकै भएपनि आगामी दिनमा पनि नगरपालिकाको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुहुदै नगरप्रमुख उपप्रमुख जागेश्वर देवी चौधरीले प्रमुख प्रशासकीय अधिकृत पौडललाई सरुवा भएर गएको कार्यालयमा पनि तिलोत्तमाको जस्तै सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । तिलोत्तमा नगरपालिकामा पौडेल रहदा, देशभरमा उत्कृस्ट नगरपालिका, बालमैत्री नगरपालिका, प्रबिधि मैत्री नगरपालिका, वडाबाटै नक्सा तथा योजनाको कार्यको शुरुवात, डिजिटल पे, अनलाईन राजस्व भुक्तानी लगायत विभिन्न खालका सेवा प्रवाहमा उल्लेख्य प्रसासकिय सुधार भएको छ। प्रमुख प्रशासकीय अधिकृत पौडेल सफल र सक्षम प्रशासक भएको कर्मचारीहरु बताउछन् ।

फेरी भेटौला कार्यक्रमको सन्दर्भमा बोल्दै नगरका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले आफु रहदा सम्म सहयोग गर्ने सबै कर्मचारी, जनप्रतिनिधि, सेवा ग्राही, टोल बिकाश सस्था लगायत सबै नगर बासीहरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको छ। उहाले कर्मचारीको दौरानमा यो एउटा संयोग मात्र भएकोले तिलोत्तमा नगरपालिकालाई सधै स्मरणमा राख्ने र छिट्टै फर्किने योजना भएको कुरा समेत व्यक्त गर्नुभयो। उहाले यस क्षेत्रका सेवाग्राहीहरुको सेवा सहजता र पहुँचका लागी आफु डटेर काम गरेको र त्यसमा सहयोग गर्नेसबैलाई धन्यबाद समेत ब्यक्त गर्नुभएको छ। प्रमुख प्रसासकिय अधिकृत पौडेल तिलोत्तमा नगरपालिका बाट काभ्रेको पनौती नगरपालिका जान लाग्नुभएको हो।