पार्टीमा मुल्याङकन पध्दति पारदर्शी र न्यायिक बनाउने विधिको स्पष्ट खाका आउनु पर्छ : युवराज पाण्डेय

प्रकाशित मिति:

“गुटरहित कांग्रेसको सस्ता, चिल्ला कुराले कहि पुर्याउदैन, शक्ति सन्तुलन अनुसारको जिम्मेवारिमा साझेदारी अनि भावनात्मक एकतासहितको सहकार्यले मात्र पार्टी एक ढिक्का बन्नसक्दछ।नेतृत्व छनौट र मुद्दामा हुने गुटबन्दी लोकतान्त्रिक पार्टीमा स्वभाविक रुपमा लिनुपर्दछ”

बिगतको निर्मम समिक्षा बिना आउने दिनहरुको बाटो तय गर्न कठिन हुन्छ भन्ने यथार्थलाई नजरअन्दाज गरेर ईतिहासकै गौरवगाथा गाएर नेतृत्वका कमि कमजोरी ढाकछोप गर्ने कामको निरन्तरता दिइयो काँग्रेस महासमितिमा यसले पुनर्जागृत,सशक्त र नवीन कांग्रेसको आशा गरेका सबैलाई निराश तुल्याउदै छ अब बाँकी समयको सहि सदुपयोग होस र नयां उत्साह र जागरण पैदा गर्न महासमिति बैठकले केही महत्वपूर्ण निर्णय गरोस।

१. महासमिति बैठक नै ६ बर्षपछि बस्यो यो नै दुर्भाग्यपुर्ण छ, नियमित बैठक बसेमा बिषयहरु असरल्ल हुदैन थिए र छलफल पनि ब्यवस्थित र घनिभुत हुन्थ्यो, बैधानिक प्रावधानको कुनै हेक्का नगरिनु गम्भीर कमजोरी हो, यहिबाट समिक्षा शुरु गरिनुपर्दछ ।

२. सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन हरु क्रमश महामन्त्री डा शशांक कोईराला, उपसभापति बिमलेन्द्र निधि र सहमहामन्त्री डा। प्रकाशशरण महत लगायतले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरु कार्य विवरण वा घटनावली मात्र समेटिएको डकुमेन्ट जस्ता देखिए जहां बस्तुनिष्ठ बिश्लेषण, बिगतको यथार्थ समिक्षा र कमि कमजोरी केलाईएको छैन केवल नेतृत्वको डिफेन्स गरिएको छ। जबकि बिगतको निर्मम र गहन समिक्षाबिना भविष्यको कार्ययोजना र रणनीति बनाउन सम्भव हुदैन

३. बर्तमानको चुनौतीहरुको सहि बिवेचना पनि देखिदैन, अरुको गल्ति कमजोरी औल्याउनु स्वभाविक भएपनि आफ्नो पार्टीले के कसरी गुम्दै गरेको साख र छविलाई सुधार्ने आचरण, ब्यवहार र कार्यक्रम प्रस्तुत गर्नुपर्दथ्यो त्यो कहि कतै भेटिदैन नेतृत्वको आचरण, ब्यबहार र छवि खुवि नसुधारिएसम्म आफ्नै कार्यकर्ता र आम जनताका बिच बिश्वास र भरोसायोग्य पार्टी बन्न सक्दैन ।

४. बर्तमानको जिम्मेवारि पुरा गर्न पार्टी संगठनलाई संविधान अनुकुल पुनर्संरचित गरि स्वस्थ, चुस्त र सबल बनाउनुपर्छ त्यसको लागि के के कुरामा संरचनागत, नितिगत र कार्यक्रमगत नया दृष्टिकोणहरु ल्याउनुपर्नेमा अझै बिधान मस्यौदा सम्बन्धी प्रस्ताव पेश हुन सकेको छैन

५. संगठनलाई ब्यवस्थित र मर्यादित बनाउन अनुशासन सम्वन्धि ब्यवस्था सबै तह र कमिटिहरुमा हुनुपर्ने र प्रभावकारी कार्यान्वयन गर्न निति नियम बनाउनुपर्दछ। त्यसैगरि दण्ड र पुरस्कृत गर्ने परिपाटी बसाल्नुपर्दछ। मुल्याङकन पध्दति कसरि बैज्ञानिक अनि पारदर्शी र न्यायिक बनाउने भन्नका लागि स्पष्ट खाका आउनुपर्ने हुन्छ । आन्तरिक द्वन्द्व ब्यवस्थनपनको बिधि र प्रक्रिया पनि स्पष्ट हुनुपर्छ ।

६. सहभागीहरुले पनि मुद्दामा केन्द्रित नभई आफ्ना भावना र भोगाईमात्र अभिब्यक्त गर्नु पनि त्यति सुखद पक्ष होईन, केहीले सत्तोसराप गर्ने,राग पोख्ने थलो बनाएका छन त केहीले नेतृत्वको प्रतिरक्षा मै रमाएका छन, यसबाट बस्तुनिष्ट बिवेचना र भविष्यको दृष्टिकोण निर्माणमा ठुलो योगदान पुग्ला भन्न कठिन नै छ ।

७. गुटरहित कांग्रेसको सस्ता, चिल्ला कुराले कहि पुर्याउदैन, शक्ति सन्तुलन अनुसारको जिम्मेवारिमा साझेदारी अनि भावनात्मक एकतासहितको सहकार्यले मात्र पार्टी एक ढिक्का बन्नसक्दछ।नेतृत्व छनौट र मुद्दामा हुने गुटबन्दी लोकतान्त्रिक पार्टीमा स्वभाविक रुपमा लिनुपर्दछ ।