राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए ।

हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्य लाभ लिइरहेका छन् ।