आधा किलो सुनसहित एकजना मानिस पक्राउ

प्रकाशित मिति:

अनिल सापकोटा,
पुस ३, काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना मानिस पक्राउ परेका छन् ।

विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा विमानस्थल प्रहरीले ५ सय १२ ग्राम सुनसहित चितवनको भरतपुर महानगरपालिकाका ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको छ ।

कतार एयरवेयजको फ्याइट नं. क्यूआर ६४८ बाट काठमाडौं ओर्लिएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गको साथबाट  ४ थान बिस्कुट र १ थान बाला सहित नियन्त्रणमा लिइ उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा ठूला माछाको पर्दाफास भएपछि तस्करी रोकिएको उच्च स्तरीय छानबिन समितिले दाबी गरेपनि सुन तस्करी भने रोकिएको छैन् ।