उद्योग ब्यापार संघद्धारा मन्दिरलाई सहयोग

प्रकाशित मिति:

बुटवल । उद्योग ब्यापार संघ बुटवलले देवीनगरस्थित राधाकृष्ण मन्दिरलाई आर्थिक सहयोग गरेको छ । संघले गत पुस ८ देखि २० गतेसम्म चौथो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि र पर्यटन महोत्सव सञ्चालन गर्दा उक्त मन्दिरले मेलामा धार्मिक गतिविधि सञ्चालनमा सहकार्य गरेको थियो ।

सोही सहकार्य अनुसार संघले मन्दिरलाई २५ हजार रुपैयां प्रदान गरेको हो । संघका महासचिव पदम जीसी र कोषाध्यक्ष अन्जु पाण्डेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकिसरा बस्याललाई २० हजारको चेक र ५ हजार रुपैयां नगद हस्तान्तरण गरेका हुन् । संघको आर्थिक सहयोगबाट मन्दिरमा सत्संग कक्ष बनाउन टेवा पुग्ने अध्यक्ष बस्यालले बताइन् । मेलाबाट वचत भएको रकमको केही अंश अन्य सामाजिक काममा पनि लगानी गर्ने संघको लक्ष्य रहेको महासचिव जीसीले बताए ।