गगन थापा र अनुराधा कोइराला सिड्नी आउँदै !

प्रकाशित मिति:

पुष ३  । परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा आयोजना हुने च्यारीटी कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रदेश नम्बर तीनकी प्रमुख अनुराधा कोइराला सिड्नी आउने भएका छन्। ललितपुरको फर्पिङमा अवस्थित जीवन उत्थान बाल गृहको सहयोगको लागि अस्ट्रेलियामा पनि जीवन उत्थान अस्ट्रेलियाको स्थापना गरिएको कार्यक्रमका संयोजक इर्शाद अहमदले जानकारी दिए। सन् २०१४ मा स्थापना भएको जीवन उत्थान अस्ट्रेलियाले यस बाल गृह सञ्चालनमा सहयोग गर्दै आएको छ।

यस पटक नेपाली कांग्रेसका युवा नेता तथा प्रखर बक्ता गगन थापा र समाजसेवी अनुराधा कोइरालाको उपस्थितिमा च्यारीटी डिनरको आयोजना गरेर बालगृहलाई आर्थिक सहयोग गर्ने तयारी गरेको इर्शाले सुनाए। हाल जीवन उत्थानमा करिब ७० जना असहाय र गरिब बालबालिका छन्। आगामी १२ जनवरीमा आयोजना हुने च्यारीटी डिनर हर्षभिलको माराना अडीटोरियममा हुने आयोजक जीवन उत्थानले जनाएको छ। विदेशमा बसेर मुलुकमा अशिक्षा र गरिबीको मारमा परेका बालबालिकाको सहयागमा केही गर्न सकिन्छ की भनेर जीवन उत्थान मार्फत हाम्रो टिमले सहयोगको वाटो बुनेको आयोजकमध्येका एक इर्शादले बताए।