लुम्बिनी एक्स्पो मेलाको तयारी पुरा !

प्रकाशित मिति:

बुटवल, ३ पुष । बुटवलमा पौष ५ गतेदेखि लाग्ने लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा भएको छ । स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पौष ५ देखि १८ गतेसम्म बुटवलमा लाग्ने व्यापार मेलाको तयारी पुरा भएको आज आयोजक रुपन्देही व्यापार संघले पत्रकार सम्मेलनको अयाोजना गरी जानकारी गराएको हो ।

६०० स्टल हुने मेलामा करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ४० करोडको कारोवार हुने आयोजकले अनुमान गरेको छ । संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय मुल आयोजक समिति गठन गरी तयारी गरिएको आयोजकले जानकारी दिएको छ । प्रर्दशनीमा होटल २४ , गार्मेन्ट १०० ,कृषि ७० जुत्ता चप्पल४० अन्तर्राष्ट्रिय ३० ,दैनिक उपभोग्य १२० वटा स्टल रहने मेला मुल आयोजक समितिका अध्यक्ष पदम प्रसाद श्रेठले जानकारी दिए । मेलामा डान्स आईडल ,राष्ट्रिय स्तरको खुला पुरुष भलिवल प्रतियोगिता , पर्यटन, कृषि, व्यवसायीक सचेतना गोष्ठि , फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता आयोजकना गरिएको उनले जानकारी दिए । एक्स्पोको पुर्व सन्ध्यामा पुस ४ गते मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ ।