तीन तहको निर्वाचन एकै पटक सम्भव छैन : उपमहासचिव गुरुङ

प्रकाशित मिति:

१२ माघ, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गरेका छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने बताएका हुन् ।

‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ रु’ उनले प्रश्न गरे ।उपमहासचिव गुरुङले सत्तारुढ गठबन्धनले आलटाल नगरी स्थानीय निर्वाचनको मिति तोक्नतिर लाग्नुपर्ने बताए । पहिले स्थानीय तहको निर्वाचन गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै सुल्टोबाटो हुने भन्दै उनले भने ‘दायाँबायाँ नगरी आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ ।’

राष्ट्रियसभा निर्वाचनका मतदाता पूर्वनिर्धारित भएकाले हारजित पहिले नै अनुमान गर्न सकिने भएकाले यो ताजा जनादेश जस्तो नहुने गुरुङले बताए । यद्यपि यो निर्वाचनले पनि केही संकेत भने गर्ने उनको भनाइ छ ।