कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुने

३ पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
33 Shares


काठमाडौं । लामो समयदेखि चलीरहेको नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २ , २ जना राख्न सहमत भएका हुन् ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतीमा पौडेलको अडान सदर भएको छ । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । कोषध्यक्ष र प्रवक्ता मनोनित हुनेछ । शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ । विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया