हीरक महोत्सवमा १ करोडभन्दा बढि आर्थिक संकलन

प्रकाशित मिति:

रमेश विश्वकर्मा  \ गुल्मी, ३ पुष । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. ४ लिम्घामा रहेको सरस्वती माध्यमिक विद्यालयले स्थापना कालको ६० वर्षको अवसर पारेर हीरक महोत्सव २०७५ मनाएको छ ।  श्री सरस्वती माध्यमिक विद्यालयको सर्वाङ्गीर्ण विकासर्थ श्री सरस्वती धार्मीक तथा शैक्षिक ऐतिहासिक हीरक महोत्सव २०७५ सञ्चालन गरेको हो ।

हीरक महोत्सव मंसिर २२ गते देखि पुष १ गते सम्म सञ्चालनमा आएको थियो । हीरक महोत्सवमा विद्यालयलाई १ करोड २ लाख ३० हजार ५ सय ११ रुपैंया सहयोग संकलन भएको छ । विद्यालयलाई ५ लाख २५ हजार बराबरको भूमिदान सहयोग , जिन्सीतर्फ विद्यालयलाई ल्यापटव र माईक्रोस्कोप रु ४ लाख बराबरको सहयोग र त्यहाँका पञ्चेबाजा बजाउने स्थानीयहरुको लागि ड्रेस उपलब्ध गराईदिने भन्दै रु. २८ हजार बराबर सहयोग उपलब्ध भएको महोत्सवका आर्थिक संयोजक बसन्त थापाले जानकारी दिए । स्तरीय पुस्ताकाल र ई–पुस्तकालय कक्ष निर्माण र व्यवस्थापन, छुट्टै कम्प्यूटर ल्यावको व्यवस्थापन, विज्ञान ल्यावको व्यवस्थापन, बोटानिकल बगैंचा निर्माण, खेलकुद तथा संगीत शिक्षक व्यवस्थापन र कक्षा सञ्चालन, निकट भविष्यमै प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन, प्रयाप्त शैक्षिक तथा खेलकुद सामाग्रीकोे व्यवस्थापन गर्नका लागि हीरक महोत्सव सञ्चालन गरेको विद्यालय स्रोतले बताएको छ ।