गुल्मीमा ८८ बर्षिय बृद्धा बलात्कृत

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुल्मी, ३ पौष ।

जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेकी ८८ बर्षिय बृद्धा १६ बर्षिय किशोरबाट बलात्कृत भएकी छिन् । उनलाई मंगलबार (आज) दिउँसो घरमै बसिरहेका बेला ति किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीका आधारमा आरोपीतलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए । मंगलबार आरोपितलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि जबरजस्ती करणीको मुद्धा चलाईएको प्रहरीले जनाएको छ । मंगलबार बृद्धाको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।