पञ्चाङ्गसहित हेर्नुहोस् ,आजको दिन २०७५ पौष ४ गते

४ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
28 Shares


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको ४ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको द्वादशी तिथि राति राति ३।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र राति २।२४ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५० मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् । आज बुधबार द्वादशी तिथि, विष्णु भगवान्को उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला  ,ज्योतिषाचार्य, वास्तुविद् 

फेसबुकबाट तपाईको प्रतिक्रिया