हेर्नुहोस आजको नीति वचन

नीति वचन

प्रकाशित मिति:

न प्राप्यति सम्माने नापमाने च कुप्यति ।  न क्रुद्धः पुरुषं ब्रूयात् स वै साधूत्तमः स्मृतः ।।–नीति वचन \ सन्त त्यो हो जो मान दिए पनि हार्षित हुँदैन र अपमान गरे पनि क्रोधी रहँदैन । तिनै साधु हुन् । सन्त भनेको समभाव राख्ने व्यक्ति हो । जस्तेसुकै विसम परिस्थितिमा पनि स्थिर रहनसक्ने व्यक्तिलाई सन्तको संज्ञा दिइएको छ । मान सम्मान गर्दा सबै हर्षित हुनु स्वभाविक नै हो । जो अपमान गर्दा पनि क्रोधभाव व्यक्त गर्दैन ऊ नै वास्तवमा सन्त हो । विसम परिस्थिति आए पनि क्रोधभाव राख्नु हुँदैन भन्ने नीति वचन मननीय छ ।–नारायणप्रसाद निरौला–