सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी- मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

पोखरा, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् ।

उनले देश जनताका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गगर्दै १ सय ४ वर्षीय जहानीया राणा शासन विरोधी आन्दोलनमा जीवन अर्पण गर्ने ४ सहित विभिन्न कालखण्डमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुका कारण नै अहिले हामीलाई यो राजनीतिक उपलब्धि हासिल भएको बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरु सदा सर्वदा हाम्रो स्मरणमा रहनुहुनेछ । सहिदकै साहसिक कार्य र बलिदानको परिणामस्वरुप लोकतान्त्रिक वातावरणमा हामी निर्धक्क भएर आफ्ना हक अधिकार प्रयोग गर्न पाएका छौं ।’
सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी हो रहेको उनको भनाइ छ । सन्देशमा उल्लेख छ, उनले देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने विषयलाई सबै राजनीतिक दलले राख्न जरुरी रहेको उल्लेख गरेका छन् ।

महान् सहिदहरुको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको समेत जनाएका छन् । सन्देशमा उल्ल्ेख छ, ‘यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’