लुम्बिनी सरकारद्धारा ब्यवसायीलाई कोट,दौरा,सरुवाल काटन् र सिलाउँन सिकाउँदै

प्रकाशित मिति:

सुरेश परियार- लुम्बिनी प्रदेश सरकार घरेलु तथा साना उधोग कार्यालय रुपन्देहीको आयोजना तथा लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघको समन्वयमा सिलाई ब्यवसायीहरुलाई एडभान्स तालिम दिन सुरु गरिएको छ ।सिलाई ब्यवसायीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यलेले लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीमा आवद्ध २० जना ब्यवसायीहरुलाई कोट,दौरा,सुरुवाल जस्ता तयारी पोशाक उत्पादन गर्न एडभान्समुलक तालिम दिन लागिएको लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघका अध्यक्ष प्रताप परियारले जानकारी दिए । तालिम ६० दिन सम्म चल्ने छन् ।

बुधबार बुटवल वडा न.९,ईटाभट्टी स्थित सिद्धार्थ पोलिटेक्नीकल कलेजको हलमा भएको भएको उद्धघाटन कार्यक्रम घरेलु तथा साना उधोग कार्यालय रुपन्देहीका उपसचिव राम प्रसाद ज्ञवालीको अध्यक्षता तथा सिद्धार्थ पोलिटेक्नीकल कलेजका सञ्चालक अरविन आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।तालिम उद्घाटन गर्दै घरेलु तथा साना उधोग कार्यालय रुपन्देहीका उपसचिव राम प्रसाद ज्ञवालीले दक्ष एवं सिपालु सिलाई ब्यवसायी उत्पादन गर्न तालिम गर्न लागिएको बताएका छन् ।सिलाई ब्यवसायीलाई सस्थागत गरि ब्यवसायिकता तर्फ लैजान पनि एडभान्स तालिमको जरुरत परेको उपसचिब ज्ञवालीको ठम्याई छ ।

उनले नेपालमा थुपै सिलाई ब्यवसायी भएता पनि ग्राहकहरुले तिर्ने मुल्य अनुसार प्रभावकारी र गुणस्तरीय सिलाई नभएको गुनासो आउन थालेको दावि गर्दै स्तरीय कपडा सिलाई सेवा दिन ब्यवसायीलाई आग्रह समेत गरे । तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उर्तान समेत अपिल गरेका छन् ।यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघका अध्यक्ष प्रताप परियारले सिलाई ब्यवसायीहरुका लागी यो तालिम अवसर भएको बताएका छन् । उनले अझै पनि सिलाई ब्यवसायीहरु सिलाईमा पुर्ण नभएको बताउदैँ लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघकै समन्वयमा यो तालिम हुन लागेकाले दत्तचित्त भएर सिक्न आग्रह गरे ।तालिमका प्रशिक्षण प्रशिक्षकद्धय भिम बहादुर दर्जि र प्रताप परियारले गर्दैछन् ।कार्यक्रममा संघका सचिब कमल छिनालको स्वागत मन्तब्य रहेको थियो ।