बुटलवका राजेन्द्र घिमिरेको कार्यकारीणी उपाध्यक्षमा उम्मेदवारी !

प्रकाशित मिति:

बुटवल पुष ४ । बुटवल जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले वर्ष २०१९ को लागि कार्यकारिणी उपाध्यक्ष पदको उम्मेदवारी दिनु भएको छ । गत मंसिर अन्तिम साता काठमाडौँमा सम्पन्न उम्मेदवारी तालिममा सहभागि भएसँगै उनको उम्मेदवारीले थप उत्साहित बनाएको छ । यही पौष ७ देखि १० गतेसम्म जनकपुरमा हुन गइरहेको ४५ औं राष्ट्रिय महाधिवेशनका लागि उनी बुटवल जेसीजका तर्फबाट कार्यकारीणी पदमा उम्मेदवारी दिनु भएको हो । यो सँगै उहाँको दैनिक व्यस्तता बढेको छ ।

सन २०१० बाट जेसीज बुटवल जेसीजबाट जेसीज यात्रामा आउनु भएका घिमिरे २०११ मा अन्तर्राष्ट्रिय सेवा निर्देशक, २०१२ मा उपाध्यक्ष, २०१३ मा कार्यकारिणी उपाध्यक्ष, २०१६ मा महासचिव हुँदै २०१७ मा शाखा अध्यक्ष बन्नु भएको थियो । गृह नगर भैरहवामा भएको महाधिवेशनबाट उहाँ नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बन्नु भएको थियो । २०१८ मा उपाध्यक्ष हुँदै गर्दा उहाँले जेसीज अभियानमा थपेका इटाहरु उहाँलाई सफलताको सिढी चढ्नका लागि बरदान सावित हुने समय आएको छ भन्दा फरक नपर्ला । जेसीजको मर्म र मान्यता अनुरुप उहाँले सञ्चालन गरेका नेतृत्व र व्यक्तित्व विकासका तालिमले नै उहाँको छविलाई माथि पु¥याएको जेसीज वृत्तमा चर्चाको विषय बन्ने गरेको छ ।

राष्ट्रिय उपाध्य बनेलगतै उहाँले देशभर र विशेषगरी आफू निरुपित क्षेत्र ख मा खेल्नु भएको भूमिका प्रंशनीय छ । पेसाले उहाँ बैंकिङ क्षेत्रमा हुनुहुन्छ । सनराइज बैंकको बुटवल शाखाको प्रमुख रहनुभएका घिमिरेले आफ्नो पेसामा उत्कृष्ट कार्य सम्पादन गरे वापत दर्जनौ पुरस्कार र सम्मान समेत प्राप्त गर्नु भएको छ । जेसीजसँगै अन्य सामाजिक संघसंस्थामा समेत नेतृत्व सम्हाल्नु भएका घिमिरेको नेतृत्व क्षमता कुशल मान्नुपर्दछ जुन उहाँको कामले सावित गरिसकेको छ । हरेकपल उत्साहित, आत्मअनुशासित, लगनशील र निर्भिक रहने घिमिरे आफ्नो कामप्रति सधैँ संवेधनशिल भएर लाग्ने गरेका छन् ।
जेसीज तालिम विश्वविद्यालयको रुपमा चिनिने हुदाँ २०१९ मा अन्तर्राष्ट्रिय स्तरका तालिमलाई प्राथमिकतादिदै युवाहरुको समग्र विकासकालागि कटिबद्ध रहने उहाँको प्रतिवद्धता छ ।

स्पष्ट र मृदुभाषी स्वाभावका घिमिरे निर्णयहरु कार्यान्वयनमा भने कठोर मानिनु हुन्छ जसले गर्दा नै उहालाई सफलताले पछयाएको हो भन्ने गरिन्छ । अहिलेसम्म कुनै काममा पनि पछाडी फर्कनु परेको अनुभव नभएका घिमिरेको लागि २०१९ चुनौतीसँगै अवसर बनेर उभिएको छ । देशभरका जेसीज अभियान्ताहरुको मन र मत जितेर नेतृत्वतहमा पुग्ने उहाँको सपना पूरा हुनको लागि अबका केहीदिन कुर्नु पर्नेछ । २०१८ मा थालिएका राम्राकामको निरन्तरतासँगै नयाँ अभियानको थालनीका लागि र त्यसको सफल अवतरण लागि आफ्नो उम्मेदवारी रहेको बताउने घिमिरेले आफू कुरामा भन्दा कर्ममा ज्यदा विस्वास गर्ने बताउनुहुन्छ ।