राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा वडा नं. ५ को प्रथम वडा अधिवेशन सम्पन्न

प्रकाशित मिति:

बुटवल – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ संगठन ञ”न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सङ्गठन विस्तारमा तीव्र गतिमा लिएको छ । आफ्नो संगठनको गतिविधि तिर तिब्र बनाउदै गहिरहेको छ ।रुपन्देही जिल्ला अन्तरर्गत पर्ने तिलोत्तमा वडा नं.५ मा सन्दिप नेपाली (जङ्गे) को अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगरकमिटि अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा नेकपा एमाले पोलिटब्युरो सदस्य,लुम्बिनी इन्चार्ज पुर्व मन्त्री माननीय लिला गिरी ज्युको प्रमुख आतिथ्यतासम्पन्न भएको थियोे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय गोपाल भट्टराई ज्यु, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष लुम्बिनी इन्चार्ज कमरेड सुमन पुरी ज्यु, नेकपा एमाले रुपन्देही जिल्ला सचीव यज्ञ गैरे ज्यु, नेकपा एमाले नेता लक्ष्मण ज्ञवालि , मोहन चापागाईं, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य मनोज गौचन , केन्द्रीय सदस्य कल्पना पडे मगर , कृष्ण कुमाल,दिपक खड्गी , रम्भा घिमिरे उपस्तिथि रहेका थिए ।केहि व्यक्ति पार्टी बाट छुट्टेर जादैमा र अर्को पार्टी गठन गर्दैमा निराश हुन नपर्ने नेकपा ९एमाले० प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुन नपर्ने र नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आब्हान समेत गरेका थिए ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पुराउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवा शक्तिलाई प्रमुख अतिथि गिरी बताए ।उनिले जनताको हित विपरितका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसका विरुद्ध एकजुट भएर खवरदारी गर्न राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुलाई आब्हान गरे