जापानमा विद्यार्थीहरुले अप्रिलबाट जुनसुकै काममा ‘वर्किङ भिषा चेन्ज’ गर्न पाउने, यस्तो छ नयाँ नियम

४ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
72 Shares


पुष ४ बुटवल । जापानमा अध्ययनरत बिदेशी विद्यार्थीहरुले आगामी अप्रिल महिनाबाट हाल रोक लगाईएका क्षेत्रहरुमा समेत वर्किङ भिषा परिवर्तन गर्न पाउने भएका छन् ।जापानमा पढिरहेका विद्यार्थीहरुको हकमा आगामी आर्थिक बर्षबाट नै यो नियम लागू हुने भएको छ । जापानी समाचार संस्थाहरुका अनुसार हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि बाटो खुल्ला गर्ने निर्णय सरकारले गरेको छ ।जापानमा सेन्मोन स्कुल सकेर आफ्नै पढाईको क्षेत्रमा काम गर्न नपाउँदा थप अध्ययन वा बिजनेश भिषा बनाउनुपर्ने नभए नेपाल फर्कनुपर्ने बाध्यतामा पर्ने गरेका दशौं हजार नेपाली विद्यार्थीहरु यसबाट लाभान्वित हुने देखिएका छन् ।हाल ईन्जिनियर/विशेषज्ञ/मानविकी/अन्र्तराष्ट्रिय सेवा (Engineer/Specialist in Humanities/International Services) भिषा नाममा मात्र काम गर्न पाउँदै आएका बिदेशी विद्यार्थीहरु जापानले नयाँ नियम लागू गर्नेभएपछि अन्य कम्पनी, सेवा तथा क्षेत्रमा काम गरेर नयाँ कामदारको रुपमा जापानमा बस्न पाउनेछन् ।समाचार अनुसार गत बर्ष जापानमा अध्ययनरत करिव एक तिहाई विद्यार्थीहरुले मात्र यहाँको अध्ययनपछि काम गर्ने भिषा परिवर्तन गर्न सफल भएका थिए ।
जापान सरकारले यसलाई ५० प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ ।काम गर्न बाटो खुल्ला तर निश्चित आम्दानी न्यूनतम मापदण्ड जापानमा रहेर अन्य क्षेत्रमा पनि काम गर्न पाउने बाटो खुल्ला गर्न लागेपनि त्यसमा केही प्रावधान भने राखिने भएको छ ।जसमा यस्ता विद्यार्थीहरुले काममा भिषा परिवर्तन गरेपछि बार्षिक आम्दानी न्यूनतम ३० लाख जापानी येन अर्थात् २६ हजार ९ सय डलर हुनुपर्नेछ ।यसको अर्थ हुनजान्छ विद्यार्थीहरुलाई जापानमा रहेर काम गर्ने बाटो खुल्ला गरेपनि क्षमताशिल तथा प्रतिभाशाली विद्यार्थीहरु जसलाई कम्पनीहरुले राम्रो तलब दिएर राख्न चाहन्छन् उनिहरुको लागि बाटो खुल्ला गर्नु हो ।यसैगरि न्यूनतम आम्दानी तोकिनुको अर्थ जापानमा रहन आधारभूत कुरा पुरा गर्न सक्षम हुनुपनि हो ।जापान सरकारको अथ्यांक अनुसार सन् २०१५ मा केवल ८ हजार ३ सय ६७ बिदेशी विद्याथीहरु मात्र विद्यार्थीबाट वर्किङ भिषा परिवर्तन गर्न सफल भएका थिए । यो केवल जापानमा अध्ययनरत विद्यार्थीहरुको ३५ प्रतिशत रहेको थियो
एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस