भुकम्प पिडितको घर बनाउने भन्दा गुनासो धेरै !

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी, ४ पुष । जिल्लामा २०७२ सालको भुकम्प पश्चात नेपाल सरकारले पुन निर्माणका लागि पुर्ण रुपमा घर क्षती भएकाहरुका लागि ३ लाख रुपैया अनुदानको ब्यबस्था गरे पश्चात घर बनाउने भन्दा पनि गुनासो फारम भर्नेहरुको संख्या अत्याधिक भएको छ ।राष्ट्रिय पसननिर्माण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय तम्घास गुल्मीमा कुल ४ हजार १४४ जनाको पुर्ण रुपमा घर क्षती भएको तथ्याङक छ भने जस मध्ये ३ हजार ९३४ लाभग्राहीहरुले पहिलो किस्ता लिईसकेका छन् । कार्यलयबाट दोस्रो किस्ता लिनेको संख्या भने १ हजार ८९६ रेको छ भने अन्तिम किस्ता लिनेको संख्या भने अत्याधिक न्यून ७१६ रहेको छ । यसरी हेर्दा गुल्मी जिल्लामा घर बनाउने भन्दा पनि पहिलो किस्ता लिएर घर निर्माण कार्य नै सुरु नगरेको भन्ने स्पस्ट तथ्यांक बाट बुझन सकिन्छ भने ७१६ जनाले घर निर्माण गरेको पाईन्छ ।
गुल्मी जिल्लामा पुर्ण रुपमा क्षती भएका घरहरुलाई निर्माण गर्ने भन्दा पनि पुर्ण लाभग्राहीहरुबाट हामीहरु छुटयौ भन्दै गुनासो फारम भर्नेको संख्या भने १ हजार ७१४ जना रहेको कार्यलयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिईन् ।

रकम फिर्ता गर्न सार्वजनिक सुचना

कार्यलयले भुकम्पबाट क्षतीग्रस्त भएको घरबाहेक नेपाल भर अन्यठाउँमा बस्न योग्य भएका ब्याक्तिहरुले झुठा बिबरया पेस गरि अनुदान लिएको भएमा पुस १५ गते भित्र रकम फिर्ता गर्न र एक ठाउँभन्दा बढी अनुदान लिएको भएमा पनि अनुदान रकम फिर्ता गर्न भन्दै संचार माध्यमहरुबाट सार्बजनिक सुचना जारी गरेको अन्यथा सरकारी बाँकी सरह असुल उपर गरिने कार्यलयले जनाएको छ ।