अष्ट्रेलियाबाट नेपाली क्रिकेट चिनाउँदै सन्दीप !

प्रकाशित मिति:

बुटवल ,पुस ४ । नेपाली किशोर सन्दीप लामिछानेले बीबीएलमा मेलवर्न स्टारबाट सहभागिता जनाउनेछन् । माइकल क्लार्कसँग दुई वर्ष क्रिकेट सिक्ने मौका पाएका सन्दीपले भने, “मेरो सपना बिग बास खेल्नु हो ।” उनको लक्ष्य पूरा हुन केही समय मात्र बाँकी छ ।लाकिछाने अहिले भर्खर १८ वर्षका छन् । उनले शुक्रबार एक इतिहास लेखाउँदैछन् । उनले क्यानबेरा मैदानमा बीबीएलमा आफ्नो डेब्यु गर्नेछन् । बिग बास खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् । लामिछानेले यस वर्षको निकै यादगार रुपमा समापन गर्नेछन् । उनले सन् २०१८ मा महत्वपूर्ण सफलता हासिल गरेका छन् । यो क्रममा उनले नेपाली क्रिकेटलाई पनि माथिल्लो स्तरमा उकास्नका लागि महत्वपूर्ण योगदान गरे । साथै उनले भारत, क्यानडा, क्यारेबियन र यूएईको उपल्लो क्रिकेटमा विश्वका सबैभन्दा राम्रा खेलाडीविरुद्ध खेल्ने मौका पाए । लामिछानेले अहिलेसम्म रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनील नारान र क्रिस गेलको टोलीमा खेलिसकेका छन् भने डेभिड वार्नर, क्रिस लिन र काइरन पोलार्डजस्ता खेलाडीको विकेट लिइसकेका छन् ।

त्यसका साथै यसै वर्ष नेपालले पनि एकदिवसीय क्रिकेट र टी–२० को मान्यता पाएको थियो । आगामी सातादेखि निलो र रातो ड्रेसका नेपाली खेलाडी अष्ट्रेलियाको मैदानमा हरियो जर्सीमा देखिनेछन् । यद्यपि उनको साथमा समग्र नेपालीको समर्थन र शुभेच्छा रहनेछ । नेपाली समर्थकको विषयमा कुरा गर्दै उनले क्रिकेट डटकम डट एयूसँग भने, “यसको एउटै अर्थ के हो भने हामीहरु सबैले हाम्रो देशलाई आफ्नो काँधमा बोकेका छौं ।” उनले भने, “यदि मैले राम्रो प्रदर्शन गरेँ भने मेरा साथै नेपाली क्रिकेटका लागि पनि राम्रो कुरा हो ।” उनले नेपाली युवा खेलाडीहरुका लागि पनि यो एउटा उदाहरण हुनसक्ने विश्वास व्यक्त गरे । सन्दीपले अहिले घरका सबै मानिसहरुले खेलभन्दा बाहिर पनि आफूले केही राम्रो काम गरिरहेको भन्ने कुराको महसुस गर्न थालेको बताए । जसको कारण आफू अझै लामो समयसम्म यो परीक्षणमा रहने प्रयासमा रहेको बताए । यसबाट घरका मानिसहरुले पनि खेलमा तथा आफ्नो जीवनमा पनि खुसी साट्ने मौका पाउने उनको धारणा छ । उनको लागि अष्ट्रेलियामा यो पहिलो व्यावसायिक क्रिकेट भए पनि उनले गत साता मेलवर्न आएयता आफ्नै घरमा खेलेको जस्तो क्रिकेटको अभ्यास गरिरहेका छन् ।

उनले यसअघि रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीमा डेरयरडेभिल्समा म्याक्सवेलको टोलीबाट खेलेका थिए । उनको माइकल क्लार्कसँग निकै गहिरो सम्बन्ध रहेको छ । सन् २०१६ मा एक प्रतियोगितामा सन्दीप लामिछानेको प्रदर्शनबाट क्लार्क प्रभावित भएका थिए र उनले नै उनलाई व्यावसायिक क्रिकेटका लागि प्रेरित र सहयोग पनि गरेका थिए । अष्ट्रेलिया आप्रवासीहरुको जनसंख्या अत्यधिक मात्रामा बढ्दो क्रममा रहेको मुलुक हो । यहाँ ६० हजार नेपालीहरुको समुदाय रहेको छ । उनीहरुका लागि अब बिग बासका हिरो सन्दीप हुनेछन् । “अहिले उनीहरु सबै यस खुसीका साथै यस वर्षको बिग बासका लागि उत्साहित पनि छन्” सन्दीप भन्छन्, “उनीहरु सबै मेलवर्न क्रिकेट ग्राउण्डमा आएर खेल हेर्ने प्रतीक्षामा छन् ।”सबैले मलाई चिन्छन् र उनीहरुको माया र आशीर्वाद मसँग छ”, सन्दीपले थपे, “जहिले पनि नेपालमा खेल हुँदा १५ देखि २९ हजार मानिसहरु उपस्थित हुने गर्छन् ।”
एजेन्सी