माओवादीका रुविन कांग्रेसम :प्रवेश

प्रकाशित मिति:

सुनसरी/नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले वडा वडामा पार्टीको संगठन सशक्ति करण र सुदृढिकरण अभियानजारी राखेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामाजारी अभियान धरानको वडा नं. २० र १९ मा सम्पन्नभएको छ । कांग्रेसको तल्लो तहसम्मको संगठनहरुको क्षमताअभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिकगतिविधिगर्न तथाजनमुखीकार्यक्रमगर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालनगरिएको सभापतितामाङले बताए । अभियानको क्रममा धरान १९ का रुविन परियार माओवादी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । उनलाई सभापतितामाङले अविर र खदालगाई पार्टीमा स्वागत गरेकाथिए ।

धरान २० को विष्णुपादुकामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. तुलसीगौतमले क्षेत्रीय समितिको यस अभियानले गाउं, बस्ती र टो    टोलमाकांग्रेसको संगठन विस्तार गर्नमा ठूलो टेवा पुगेको बताएका छन् । क्षेत्रीय सचिव केशव पुरीले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीचको सम्बन्ध समेतलाई अभियानले मजबुद बनाएको बताए ।

पूर्व जिल्ला सचिव पदमबहादुर लिम्वुले नेता, कार्यकर्ता र संगठनलाई सशक्ति करण गराउने यस्ता कार्यक्रम नियमित रुपले सञ्चालन हुनुपर्ने बताए । क्षेत्रीय सदस्य मचिन्द्र राईले संगठन विस्तारमा जोड दिनुपर्ने बताए । वडा सभापति इन्द्रबहादुर राईले क्षेत्रीय नेतृत्वले सशक्ति कराण अभियान लिएर गाउं टोलमा आउनाले आफुहरुलाई ठूलो हौसला र प्रेरणा मिल्नुका साथै आफुहरुको मनोवल समेत उच्चभएको बताए । निवर्तमान वडा सभापति राजकुमार तामाङले विष्णुपादुकामा पार्टी संगठनको इतिहास संघर्षमय रहेको भन्दै महाधिवेशनको तिक्ततालाई भुलेर सबै एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए । वडा उपसभापति हेमन्त राई ले सशक्तिकरण अभियानले पार्टी एकता र जागरण ल्याएको बताए ।

धरान १९ माभएको कार्यक्रममा क्षेत्रीय सदस्यउमेश पौडेलले वडाका नेताहरुले संगठनमा राम्रो योगदान गरेको भन्दै प्रशंसा गरे । प्रदेशसभानिर्वाचन क्षेत्र १(१) का सचिव राजेन्द्र राईले पार्टीले तथ्यपरक, तार्किक र वैज्ञानिक हिसावले कार्यहरु गर्नुपर्नेमाजोड दिए । पूर्व महासमिति सदस्य राजकुमार थोप्राले महाधिवेशनपश्चात क्षेत्रीय समितिले सान्दर्भिक र समयसापेक्ष कार्यक्रम वडावडामा गरेको बताउंदै अभियानको प्रशंसा गरे । वडा सभापति देउमानताप्मादेन लिम्वुले पार्टी संगठनलाई गतिशीलबनाउन क्षेत्रीय सभापतितामाङलाई ज्ञापन–पत्रबुझाउंदै क्षेत्रीय समितिले पार्टीकालागि महत्वपूर्ण अभियानलिएर आएको बताए । उनले यस अभियानवाट आफुहरुलाई थपजोस, जांगर र ज्ञान आएको बताए । क्षेत्रीयप्रतिनिधिनिर्मला गुरुङले महिलामुखीकार्यक्रमहरु पनिल्याइनुपर्ने बताइन । वडा सदस्यविरेन्द्र लिम्वुले स्थानीयतहमा उठ्ने उम्मेदवार र पार्टी वीच राम्रो समन्वयहुनुपर्नेमाजोड दिए ।
अभियानको सहजिकरण क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान, केशव पुरी र क्षेत्रीय सह–सचिव सुमित राईले गरेकाथिएभने कार्यक्रममा क्षेत्रीयकोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यलोकमणि शर्मा, प्रदेशसभानिर्वाचन क्षेत्र १(१) काकोषाध्यक्ष रमिना सुब्बा, सह–सचिव रमिताश्रेष्ठ, प्रदेश सम्मेलन सदस्यकुशुमओलीलगायतको उपस्थिति रहेको थियो ।