
राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलाप सञ्चालन
रूपन्देही/रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् ।पछिल्लोपटक समापन भएका खेलकुदमध्ये एकसय मिटर दौडमा छात्रतर्फ अस्मित खड्का पहिलो, विशाल श्रेष्ठ दोस्रो, शिशिर थापामगर र प्रकाश भुर्तेल तेस्रो तथा देवीलाल भट्टराई सान्त्वना भएका छन् ।
त्यस्तै, एकसय मिटर दौडमा छात्रातर्फ स्वस्तिका डुम्रे पहिलो, अस्मिता कण्डेल दोस्रो, अस्मिता गैह्रे तेस्रो तथा भावना भट्टराई सान्त्वना भएका छन् ।वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ वी.वी.एस. दोस्रो वर्ष सेक्सन ए पहिलो र वी.वी.एस. दोस्रो वर्ष सेक्सन वी दोस्रो भएका छन् ।छात्रातर्फको भलिबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष समूह पहिला र प्लस टु समूह दोस्रा भएका छन् ।शटपुट प्रतियोगितामा छात्रतर्फ सुजन आचार्य पहिलो, ललित गुरूङ् दोस्रो र रोशन बलाल तेस्रो भएका छन् भने छात्रातर्फ चन्दा सारू थापा पहिलो, सृजना क्षेत्री दोस्रो र सरू गिरी तेस्रो भएका छन् ।त्यस्तै टेबल टेनिस प्रतियोगितामा ललित गुरूङ् पहिलो, हेमन्त रास्कोटी दोस्रो र पवन वाग्ले तेस्रो भएका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण खरेलले जानकारी दिनुभयो ।