छापहिले माबिमा अन्तरक्रिया तथा अभिभावक भेला सम्पन्न

प्रकाशित मिति:

सन्ताेष महतारा/४ पुस मालिका गाउँपालिका ५ छापहिले को हिलेमा अबस्थित छापहिले माध्यमिक विद्यालयमा बिद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक तथा शिक्षक विद्यार्थी विच बिशेष छलफल तथा अभिभभावक भेला सम्पन्न भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक पक्षमा विशेष छलफल भएको पूधानाध्यापक धनु गिरीले बताउनु भएको छ । कार्यक्रमले विद्यालयको शैक्षिक स्थिति सुधार गर्ने,विद्यालय वरपर सुर्तीजन्य तथा मदिराजन्य पदार्थको निषेध गर्ने लगायत विषयमा छलफल ग।रेको छ। कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष तथा नेकपा नेता विर बहादुर कनर्की वडाध्यक्ष श्यामलाल गिरी , भिम बहादुर कार्की,छापहिले स्वास्थ्य चौकी इन्चार्ज देव बहादुर महतारा लगायतको उपस्थित रहेको सोहि ठाउँबाट शिक्षक चित्र बहादुर महताराले खबर पठाउनु भएको छ