नियमित प्रक्रिया अनुसार स्ववियुको चुनाब फागुन १४ मा हुन्छः उपकुलपति खनिया

प्रकाशित मिति:

वसन्त आचार्य  \ बुटवल, ४ पुस  त्रिभुवन विश्वविद्यालको नियमित प्रक्रिया अनुसार स्ववियुको चुनाब आगामी फागुन १४ गते हुने त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा.डा. तिर्थराज खनियाले बताउनु भयो । बुटवल बहुमुखि क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले प्रध्यापक र कर्मचारीले आफनो चुनाब आफै गराउने बताउँदै बिद्यार्थी संङगठनले पनि आफ्नो महत्बपूर्ण स्ववीयु आफै गराउने बताउनु भयो ।  उँहाले भन्नुभयो पुलिस लगाउने, प्रध्यापकलाई दुःख दिने काम नगरी फागनु १४ गते बिद्यार्थीको राम्रो सम्झारीमा भएर विगतको जस्तो ठूलो क्याम्पसमा चुनाब नहुने र सानो क्याम्पसमा मात्रै नहुने बताउनु भयो । बिश्वविद्यालयको चुनाब भनेको मिनि संसदको चुनाब भएको भन्दै यसलाई अर्थपूर्ण ढङगले अगाडि लैजान आग्रह गनुभयो । साथै अहिले त्रिभुवन बिश्वविद्यालय बिश्बका १ हजार भित्र रहेको बताउँदै सन् २०३० सम्ममा ५ सयभित्र पर्ने दाबी समेत गनुभयो । यसका लागि सबैको सहयोग आबश्यक रहेको बताउनु भयो ।

सोहि कार्यक्रममा त्रिविकी शिक्षाध्यक्ष तथा समालोचक प्रा. डा. सुधा त्रिपाठीले त्रिबिमा प्राइभेट किसिमले कार्यक्रम चलाएको बताउँदै त्यो आबश्यकता नभई बाध्यता भनेको बताउने भयो । साथै बुटवल बहुमुखि क्याम्पका समस्या भनेको केन्द«का पनि समस्या भएको बताउनु भयो । बुटबल बहुमुखि क्यापसका क्याम्पस प्रमुख डां. शखिशरण सुवेदीले अहिले थपेका १४ वटा कोठा पनि अपुग भए बाहिर घर भाडामा लिएर भए पनि त्रिविले थप्न चाहेको कार्यक्रम थप्ने दाबी गर्नुभयो ।

त्रिविले सञ्चालन गरेका कार्यक्रमहरुमा अहिले घटेको बिद्यार्थी बताउँदै खुल्ला विश्वबिद्यालयले सञ्चालन गरेका कार्यक्रमहरु प्राबिधिक र व्यबसाहिक भएकाले विद्यार्थी पनि बढेको बताउनुभयो ।  वुटबल बहुमुखि क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा मानबिकी तथा समाजशास्त्र संकायका डीन प्रा.डा.शिबप्रसाद सुवेदी, नेपाल प्रध्यापक संघका केन्द्र्रीय महासचिव प्रा. डा. बुद्ध बहादुर थापा, क्याम्पस व्यवस्थापन समिति सदस्य तथा प्रध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका इकाइ सभापति नवराज पंगेनी, नेपाल प्रगतिशील प्रध्यापक संगठनका कार्यवाहक अध्यक्ष उपप्रध्यापक शालीकराम पौडेल, प्रजातन्त्रवादी प्रध्यापक संघ नेपालका इकाइ सभापति लक्ष्मण कार्की, नेपाल राष्ट्रिय प्रध्यापक संगठन नेपालका इकाइ समिति अध्यक्ष उपप्रध्यापक यज्ञमुर्ती पाण्डे, कालिका मावनज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक, बहुमुखी क्याम्पसका व्यवस्थापन समिति सदस्य मुक्ती पौडेल, अनेरास्ववियु क्याम्पस इकाइ अध्यक्ष भरत अर्याल, नेवि संघ क्याम्पस इकाइ सभापति दिनेश पौडेल, अखिल क्रान्तीकारीका इकाइ सभापति टेकराज रेग्मी, नयाँशक्ति विद्यार्थी युनियनका इकाइ अध्यक्ष प्रेम बहादुर अर्याल, अखिल छैठौँका अध्यक्ष राजन पौडेल,अखिल क्रान्तिकारी बिप्लपका बिद्यार्थी नेता पारस राहडी मगर, नेपाल मगर बिद्यार्थीसंघका नेता प्रदीप घर्ति मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

क्याम्पसको स्थापना दिबसको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा बिजेता भएका बिद्यार्थीहरुलालाई क्याम्पस प्रमुख सुवेदी एवं अथिर्तीले पुरस्कार तथा प्रमाणपत्र बितरण गनुभएको थियो । क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा छात्रछात्र भलिबल प्रतियोगिता, छात्र म्याराथुन दौड , हाजिरजबाफ, गजल ,वक्तृत्वकला , प्रध्यापक ,कर्मचारी र बिद्यार्थी नेताहरुबिच मैत्रिपूर्ण फुटवल, छात्रा कुर्ची दौड, रक्तदान र सरसफाई कार्यक्रम भएका थिए ।  वुटबल बहुमुखि क्याम्पसले आफ्नो ४३ औँ स्थापना दिबसदेखि आफनो स्थापना दिबस मनाउँदै आएको छ ।