काठमाडौं । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेल जिते नेपाल दोस्रो पटक टी२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचोटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन् ।