श्रीगणेशाय नमःआजको दिन २०७५ पौष ५ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको ५ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि राति राति ३।३ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । कृत्तिका नक्षत्र राति २।१३ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५१ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ । चन्द्रमा आज विहान ८।२४ सम्म मेष राशिमा र सो पश्चात् वृष राशिमा रहनेछन् । आज प्रदोषव्रत परेको छ । आज प्रदोष व्रत धारण गर्नाले विद्याका बुद्धिका साथै धन ऐश्वर्य वृद्धि हुने फल बताइएको छ । त्रयोदशी तिथिको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले नै उक्त समयमा शिव उपासना वाहेक अन्य कार्य बर्जित रहन्छन् । उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्