स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा चुनाव प्रचारप्रसार कार्यालय स्थापना भएको छ ।
सम्पन्न कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र के.सिले प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा देशनै एमालेमय भइरहेको र बुटवल वडा नम्बर ११ मा पनि एमालेले आफ्नो नेतृत्व सुनिस्चित गर्ने वताए ।एमालेले बृद्ध भत्ता बृद्धी गर्दै युवाहरुलाई स्वरोगजार सहित मुलुकको बिकास निर्माणका काममा अगाडी वढाउने खालको घोषणापत्र जारी गर्ने उनको भनाइ रहेको थियो । सवै कार्यकर्ताहरु एकजुट भएर स्थानिय निर्वाचनमा एमालेलाई जिताउनका लागी अगाडी वढ्न आग्रह गरे ।
उक्त कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य क. मेघराज न्यौपाने , मोति पान्डे , जिल्ला सचिवालय सदस्य क. ऋषि पान्डे , बाबुराम पन्थि, ज्ञानु केसि , जिल्ला सदस्य राजेन्द्र ढ्काल , बिकास ज्ञवालि , जुद्द भुसाल राम चन्द्र खनाल नकुल शाहि ,यम पाण्डे नगर कमिटी उपाध्यक्ष शोभाखर पोखरेल सचिब मेगराज भट्टराई, लगायत जिल्ला सल्लाहकार क्षेत्रीय सदस्य सल्लाहकार पार्टी वार्ड , टोल कमिटी पार्टी का भातृ संगठनका र नेतृत्वहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रम नेकपा एमाले वडा कमिटी वडा नम्बर ११ का अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षतामा र नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसि को प्रमुख अतिथिता मा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य वडा कमिटीका उपाध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ गरेका थिएभने कार्यक्रमको सञ्चालन वडा कमिटीका सन्चालन पार्टी वार्ड सचिब तेजेन्द्र खनालले गरेका थिए ।