स्थानिय चुनावमा सरावल गाउपाकालिकामा नेपाली काग्रेंस बाट पालिका अध्यक्ष पदको लागी युवा वर्ग ईच्छुक

प्रकाशित मिति:

स्थानीय तह निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा गर्ने सरकारले घोषणा गरेसंगै अहिले देशभर संगसंगै पश्चिम नवलपरासीमाका विभिन्न पालिकाहरुमा उम्मेद्वारीलाई लिएर चासो बढेको छ । सरकारले स्थानिय चुनावको घोषणा गरे लगत्तै अहिले पालिकाहरुमा विभिन्न दलहरुले स्थानिय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिलाई तिब्र बनाएका छन । यसैगरि जिल्लाको सरावल गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष पदको लागी अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने भन्दै आन्तरीक प्रचारबाजी शुरु गरेका छन ।

यस पालिकामा स्थानिय चुनावलाई लिएर नेपाली कांग्रेस बाट युवा गर्व बढी चासो दिएका छन । विशेष गरि रहेको विभिन्न चिया पसल, सार्वजनिक ठाउ तथा विभिन्न कार्यक्रमहरुमा समेत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अहिले पालिकामा अध्यक्ष पदमा युवा वर्गलाई अघि सार्नुपर्ने र नेपाली कांग्रेसलाई नयाँ दिशामा लैजानुपर्ने आजको आवश्यकता रहेको बताउदै आएका छन । आगामि स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट सरावल गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष राधेश्याम चौधरीले आफु पुनः दोहरीने इच्छा जाहेर गरिरहदा सोही पार्टीबाट नै युवा समाजसेवी कृपाकौशल चौधरी, प्रदिप कुमार अग्रहरी, अनिल कुमार गौड र वर्तमान उपाध्यक्ष उत्तमा राय पनि पालिका अध्यक्षको सम्भावित उम्मेदवार रहने इच्छा जाहेर गरिरहनुभएको छ ।

अहिले वर्तमान समयलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले स्थानिय चुनावमा युवा वर्गलाई अघि सार्नुपर्ने बताउदै युवा समाजसेवी कृपा कौशल चौधरीले आफु पनि पालिका अध्यक्ष पदको लागी ईच्छुक रहेको हुदा पार्टीले वर्तमान समयलाई ध्यान दिदै पालिकामा युवा वर्गलाई टिकट दिनेमा आफु आशाबादी रहेको र युवा नेतृत्वलाई नै यस पालिकाबासीहरुले चयन गर्ने कुरामाथि जोड दिनु्भयो । साथै उहाँले स्थानिय चुनावमा अध्यक्ष पदको टिकट को पाउने को नपाउने भन्नु भन्दा पार्टीले युवा नेतत्वलाई नै टिकट दिने र पार्टीलाई नया दिशामा लैजाने तर्फ आफु विश्वस्त रहेको धारणा राख्नुभयो । पछिल्लो समय नेपाली कांग्रेस बाट युवा वर्गलाई नेतृत्वमा लैजाने कुरा बाहिर आएको पार्टी निकट श्रोतले जानकारी गराएको छ ।

त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा एमालेबाट सुखाडी प्रसाद चौधरी, पन्चराम चौधरी, जगदीश चौधरी, सुशान्त शर्मा घिमिरे र देवराज चौधरी लगाएको सरावल पालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पहलाद पासवान र प्रकाश भट्टराई सरावल गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन । त्यस्तै जसपाबाट इन्द्र कमल यादव र निर्मल यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवार रहने आकांक्षी देखिएका छन्। त्यस्तै जनमत पार्टीबाट सैलेश चौधरी र सारदा चौधरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ । त्यसैगरी लोसपा पार्टीबाट सुभान अन्सारीको उम्मेदवारी रहने बताइएको छ । त्यस्तै राप्रपाबाट सरावल गाउँपालिका अध्यक्षमा ओम प्रकाश चौधरी र नरेश चौधरी उम्मेदवार रहने संभावना देखिएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र र जनता प्रगतिशील पार्टीबाट सरावल गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ । सरावल गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको औपचारिक घोषणा भने गरेका छैनन् । सात वटा वडा रहेको सरावल गाउँपालिका हाल २७ हजारको हाराहारीमा मतदाताहरुले स्थानिय तहको आगामि निर्वाचनमा मतदान गरी उमेददार चयन गर्नेछन । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।